२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी, संविधान र राष्ट्रियतामाथि आक्रमण भइरहेको भन्दै पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउन आवश्यक रहेको बताएका छन्।
मंगलवार पार्टी केन्द्रिय कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले पार्टी सभापति शेरबहादुर देउवाले अगामी महाधिवेशनपछि नेतृत्व छोड्ने बताइसक्दा पनि पार्टीका जिम्मेवार नेताहरुले मुख्य विषयलाई नै विषयान्तर गरेर नेतृत्वमाथि प्रश्न उठाउनेगरेकोमा आपत्ति समेत जनाएका छन्।
लोकतन्त्र, संविधान र पार्टीमाथि आक्रमण भएको बेला नेतृत्व परिवर्तनको बहसले पार्टी एकतालाई नै कमजोर बनाउने उनको भनाइ छ । उनले सभापति देउवाले कार्यवाहक दिइसकेको र आगामी महाधिवेशनपछि नेतृत्व नलिने घोषणा गरिसकेको भन्दै नेतृत्व परिवर्तनबो बहस अन्त्य गर्नुपर्ने बताएका छन् ।
उनले भने, ‘अहिले मुलुकमा धेरै ठूलो चुनौती छ । पार्टी र संविधानमाथि नै आक्रमण भएको छ । राष्ट्रियताको जगलाई नै कमजोर बनाउने कोसिश भएको छ । यस्तो अवस्थामा हाम्रो पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ भनेर छलफल भएको छ यसले निश्चय नै विषयान्तर गराएको छ । यसले पार्टीलाई एकताबद्ध गरेर जाने कुरामा पनि समस्या ल्याएको छ । अब अधिवेशन त जतिसक्दो चाँडो गर्ने कुरामा दुईमत छैन । गरौंला पनि तर एकता अहिले सबैभन्दा ठूलो कुरा हो । अरु पार्टीको जिम्मा त हामीले किन लिने रु शेरबहादुरजीले चाँही आज कार्यवाहक पनि दिईसक्नुभयो र आउँदो अधिवेशनबाट आफू नेतृत्वमा रहन्न भनिसक्नु भएको छ । यसका बाबजुद पनि पार्टीकै जिम्मेवार नेताबाट जुन आलको प्रश्नहरु आइरहेको छ यसले पार्टीमाथि प्रश्न उठाएको छ ।’
बैठकले जेनजी आन्दोलनका क्रममा नेताहरूमाथि भएको हिंसात्मक आक्रमणको भत्र्सना गरेको पनि बताएका छन् । उनले पार्टीका भातृ संघहरुमा समेत गम्भीर समस्या रहेको भन्दै ति संघसंस्थाहरुलाई पुनःजीवित गर्नुपर्ने आवश्यकता औंल्यका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij