Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

पुँजीबजार सुधार सुझाव कार्यदलको सिफारिस कार्यान्वयनको लागि कार्ययोजना सार्वजनिक

पुँजीबजार सुधार सुझाव कार्यदलको सिफारिस कार्यान्वयनको लागि कार्ययोजना सार्वजनिक


  • 260
    Shares

    पुँजीबजार सुधार सुझाव कार्यदलको सिफारिस कार्यान्वयनको लागि कार्ययोजना सार्वजनिक
    images

    काठमाडौं । पुँजीबजार सुधारका लागि गठित कार्यदलको सिफारिस अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तत्काल कार्यान्वयन गर्नुपर्ने सुधारका कार्ययोजना सार्वजनिक गरेको छ ।

    सेबोनले तयार पारेको कार्ययोजनामा मार्जिन कारोबार प्रणाली कात्तिक मसान्तभित्र धितोपत्र दलाल व्यवसायीमार्फत लागू गरिने उल्लेख छ । संगठित संस्थाले लगानीकर्तालाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित संगठित संस्थाले नै मिलान गरी भुक्तानी गर्नुपर्ने व्यवस्था तुरुन्त लागू गर्ने भनिएको छ ।

    दुई वा बढी हितग्राही खाता खोल्न दिने प्रक्रिया कात्तिक १५ भित्र सम्पन्न गरिने र भुक्तानी असमर्थता वा ढिलाइ हुँदा देखिने दायित्व तथा प्रतिफल भुक्तानीसम्बन्धी प्रावधान मंसिर १५ सम्म एकरूप बनाइने उल्लेख छ ।

    1s.jpg

    2s.jpg

    3s.jpg

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १४:५६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij