Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, मूल्य कति ?

सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, मूल्य कति ?


  • 1.0K
    Shares

    सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा, मूल्य कति ?

    काठमाडौं । सानिमा बैंकको ३ लाख ३९ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ३९ हजार ४८४ कित्ता शेयर बिक्रीमा राखिएको हो। 

    उक्त शेयर यसअघि बैंकका विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेको तर आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको छ।

    बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले निवेदन पेस गर्दा उक्त मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।

    इच्छुक लगानीकर्ताले काठमाडौंको नक्साल नारायणचौरस्थित बैंकको केन्द्रीय कार्यालयमा १५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 

    प्रकाशित मिति :आश्विन २८ २०८२ मंगलवार - १०:४८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij