Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • 337
    Shares

    काठमाडौंको जडीबुटीमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
    images

     काठमाडौं ।  काठमाडौं महानगरपालिका–३२ जडीबुटीस्थित सडकमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

    कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा। प्र।०१–००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ घर भएका ३७ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।

    आइतबार राति उनको मृत्यु भएको प्रहरीले बताएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १३:०६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij