Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

झापामा विशेष महाधिवेशनको पक्षमा ६८ जनाले गरे हस्ताक्षर

झापामा विशेष महाधिवेशनको पक्षमा ६८ जनाले गरे हस्ताक्षर


  • 267
    Shares

    झापामा विशेष महाधिवेशनको पक्षमा ६८ जनाले गरे हस्ताक्षर
    images

    काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै ६८ जना प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

    झापाका कांग्रेस पूर्वसचिव लोकराज ढकालले उपलब्ध गराएको सूची अनुसार पाँच क्षेत्रमध्ये सबैभन्दा बढी हस्ताक्षर झापा-१ गरेका छन् ।

    महामन्त्री विश्वप्रकाश शर्माको उक्त क्षेत्रमा २२ जनाले हस्ताक्षर गरेका छन् भने सबैभन्दा कम हस्ताक्षर हुने क्षेत्रमा नेता कृष्णप्रसाद सिटौलाको क्षेत्र झापा ३ मा ६ जनाले मात्र हस्ताक्षर गरेका छन् । झापा २ मा ८, ४ मा ११ र ५ मा २१ जनाले विशेष महाधिवशेनको पक्षमा हस्ताक्षर गरेका छन् ।

    कांग्रेस विधान अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको छ भने झापाका कूल १२५ महाधिवशेन प्रतिनिधिमा ५० प्रतिशत भन्दा बढीले हस्ताक्षर गरेको ढकालले दाबी गरेका छन् ।

    विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका कांग्रेस नेता मेदनी सिटौलाका अनुसार ८ जनाले नाम गोप्य राखिदिन आग्रह गरेका छन् । कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवशेन प्रतिनिधिले माग गरेमा विशेष महाधिवशेन बोलाउनुपर्ने व्यवस्था रहेको छ ।

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १२:१६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij