Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

स्वस्तिमा खड्का इनड्राइभकी ब्रान्ड एम्बासडर

स्वस्तिमा खड्का इनड्राइभकी ब्रान्ड एम्बासडर


  • 288
    Shares

    स्वस्तिमा खड्का इनड्राइभकी ब्रान्ड एम्बासडर
    images

    काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि अभिनेत्री स्वस्तिमा खड्कालाई आफ्नो ब्रान्ड एम्बासडर घोषणा गरेको छ। कम्पनीले नयाँ ३६० डिग्री क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” सार्वजनिक गरेको छ।

    क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितालाई केन्द्रमा राख्दै इनड्राइभको पियर-टू-पियर मोडेललाई प्रवर्द्धन गर्छ, जसअन्तर्गत यात्रु र चालकबीच प्रत्यक्ष मोलमोलाई गर्न सकिनेछ। प्रयोगकर्ताले एपमार्फत आफ्नै भाडा प्रस्ताव गर्न र चालक रोज्न सक्ने सुविधा पाउनेछन्।

    इनड्राइभका एशिया-प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीका अनुसार यो क्याम्पेनले स्वतन्त्रता, समानता र समुदायजस्ता मूल्यहरूलाई मूर्त रूप दिन्छ, र स्वस्तिमा खड्का यसका लागि उपयुक्त प्रतिनिधि हुन्।

    इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले क्याम्पेनले निष्पक्ष गतिशीलता र पारदर्शिता प्रतिको कम्पनीको प्रतिबद्धता झल्काएको बताइन्।

     

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - ११:१८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij