Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राष्ट्रिय सभा अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाँदै

राष्ट्रिय सभा अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाँदै


  • 260
    Shares

    राष्ट्रिय सभा अध्यक्ष दाहाल असोज ३१ गते जेनेभा जाँदै
    images

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा भाग लिन असोज ३१ गते जेनेभा जाने भएका छन्।

    आइतबार अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेपछि कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्रीसँगको भेट नियमित भएको र आफू संघीय संसदको नेतृत्व गर्दै जेनेभा जान लागेको जानकारी गराएको बताएका हुन्।

    यस वर्षको अन्तर-व्यवस्थापिका मञ्चको भेलाको मुख्य विषयवस्तु ‘मानवीय मान्यताहरू कायम राख्ने र संकटको समयमा मानवीय कार्यलाई समर्थन गर्ने’ रहेको उनले जानकारी दिएका छन्।

    अध्यक्ष दाहालले भने, ‘यो नियमित जस्तै पनि हो। मैले दुई(तीन पटक भेटिसकेको छु। असोज ३१ गते म जेनेभा जाँदैछु। अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेला छ। त्यो भेलामा संघीय संसदको तर्फबाट म सहभागी हुन जाँदैछु। त्यसको बारेमा रिपोर्टिङ गर्नु थियो।’

    उनले अन्तर-व्यवस्थापिका मञ्चको १५१ औँ भेलामा जलवायु परिवर्तनको मुद्दा पनि उठाउने बताएका छन्।

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - ११:०८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij