२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख तीन दलका नेताहरू शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाललाई बिदाइ गर्नुपर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा करिब ९ मिनेटको भिडियो सन्देश जारी गर्दै थापाले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख नेताहरूलाई नेतृत्वबाट बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल गरेका हुन् ।
‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ महामन्त्री थापाले भनेका छन् ।
उनले देउवा, ओली र प्रचण्डबिच १० वर्षदेखि म्युजिकल चेयर चलिरहेकाले नै अहिले यस्तो अवस्था सिर्जना भएको दाबी समेत गरेका छन् । उनले गत भदौ २३ र २४ अघिको नेपाल र त्यसपछिको नेपालको अवस्था फरक रहेको दाबी पनि गरेका छन् ।
‘हामी आफ्ना नेताहरूलाई सम्मान पनि गरौँ, सेम्पेथी पनि राखौँ । सँगसँगै कांग्रेस, एमाले, माओवादीका सबै साथीहरूलाई म अपिल पनि गर्छु, तीन वटै नेताहरूले इफ, बट नभनी नेतृत्व छाड्नुपर्छ’, थापाले भनेका छन् । नेतृत्व बदल्नासाथ सबै कुरा बदलिन्छ भन्ने नभएको भन्दै आफूहरू पनि अनुपयुक्त भए छाड्न तयार रहेको जिकिर गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij