Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

पोखरामा यसवर्ष धानको उत्पादन बढ्ने

पोखरामा यसवर्ष धानको उत्पादन बढ्ने


  • 246
    Shares

    पोखरामा यसवर्ष धानको उत्पादन बढ्ने
    images

    काठमाडौं । यसवर्ष पोखरा महानगर क्षेत्रमा धानको उत्पादन बढ्ने भएको छ । धानका लागि मौसम अनुकूल रहनुका साथै फाँटमा धानबाली सप्रिएकाले उत्पादन बढ्ने अनुमान गरिएको छ ।

    पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यस वर्ष गत वर्षको तुलनामा धानको उत्पादन बढ्ने अनुमान गरिएको बताएका छन् । उनका अनुसार पोखरा महानगर क्षेत्रमा वार्षिक ३८ हजार मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।

    स्थानीय जातको धान प्रवर्द्धन गर्ने उद्देश्यका साथ महानगरले बर्सेनि पोखरेली जेठोबूढो धानको बीउ अनुदानमा वितरण गर्दै आएको जानकारी दिँदै उनले यस वर्ष आठ हजार किलो बीउ वितरण गरिएको बताएका छन्  । 

    कृषि विकास शाखा प्रमुख कडरियाका अनुसार पोखराका पामे, बिरौटा, कुडहर, अर्मला, आर्वाका साथै लेखनाथ क्षेत्रका पटनेरी, सिसुवा, सुरौदी, मालमुल, गगनगौँडालगायत स्थानका फाँटमा धान उत्पादन प्रशस्त हुने गरेको छ । ‘पोखरा क्षेत्रमा मनसुलीसहित अन्य नयाँ उन्नत जातका धान पाक्न थालेका छन् ।

     

     

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १३:५९:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij