Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

परिवारसहित पूर्वराजा शाहले ह्याम्स अस्पताल पुगेर गराए स्वास्थ्य परीक्षण

परिवारसहित पूर्वराजा शाहले ह्याम्स अस्पताल पुगेर गराए स्वास्थ्य परीक्षण


  • 498
    Shares

    परिवारसहित  पूर्वराजा शाहले ह्याम्स अस्पताल पुगेर गराए स्वास्थ्य परीक्षण
    images

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नियमित स्वास्थ्य परीक्षण गराएका छन् । उनी आइतबार परिवारसहित धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका हुन् ।

    अस्पताल स्रोतका अनुसार, पूर्वराजा शाहको प्रोस्टेट बायोप्सीको परीक्षण गरिएको हो । उक्त परीक्षणको रिपोर्ट ५ दिन पछि आउनेछ । ‘उहाँ प्रोस्टेट बायोप्सीको परीक्षणका लागि आउनुभएको हो । नियमित परीक्षण हो,’ अस्पतालका एक चिकित्सकले भने ।

    प्रोस्टेट, पुरुषहरूमा मात्र हुने ग्रन्थी हो । यसलाई पुरुष ग्रन्थी पनि भनिन्छ । यो ग्रन्थी पिसाब थैलीको मुनी र मुत्रनलीको वरपर हुन्छ । ग्रन्थी र रेसा तथा मांसपेशीयुक्त तन्तुबाट प्रोस्टेट बनेको हुन्छ ।

    उमेर बढ्दै जाँदा अरु ग्रन्थी झैं यो पनि बढ्न थाल्छ । तर, यो अस्वभाविक रुपमा बढ्न थालेमा मुत्राशयको समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन् ।

    शरीरमा टेस्टेस्टेरोन र एस्ट्रोजेन हर्मोन हुन्छन् । उमेर बढ्दै गएपछि टेस्टेस्टेरोनको मात्रा घट्दै जान्छ र एस्ट्रोजेनको मात्रा बढ्छ अनि प्रोस्टेट ग्रन्थिमा कोषहरू बढ्ने प्रक्रियालाई उत्प्रेरित गर्छ । फलस्वरूप, प्रोस्टेट ग्रन्थी विस्तारै बढ्छ ।

     

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - १३:५७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij