Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

मुक्तिनाथ कृषि कम्पनीले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर जारी गर्ने, बोलायो साधारण सभा

मुक्तिनाथ कृषि कम्पनीले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर जारी गर्ने, बोलायो साधारण सभा


  • 239
    Shares

    मुक्तिनाथ कृषि कम्पनीले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर जारी गर्ने, बोलायो साधारण सभा
    images

    काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आर्थिक वर्ष २०८१\८२ का लागि लाभांश घोषणा गरेको छ।

    सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ७० करोड रुपैयाँको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ८ प्रतिशतले हुन आउने ५ करोड ५९ लाख ९३ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार रुपैयाँबराबरको नगद लाभांश छ ।

    प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले आउँदो कात्तिक २१ गते सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभाले अनुमोदन नगरेपछि लगानीकर्ताहरुले लाभांश पाउनेछन्।

    सोही सभाले बोनस शेयर वितरणपछि कायम हुने ७५ करोड ५९ लाख ९३ हजार रुपैयाँको ६० प्रतिशत हकप्रद शेयर जारी निर्णय विशेष प्रस्ताव पनि पारित गर्ने छ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

     

     

     

    प्रकाशित मिति :आश्विन २६ २०८२ आइतवार - ११:५६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij