Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

तिहारमा फूल बिक्री गर्न काठमाडौं महानगरले तोक्यो ३२ स्थान

तिहारमा फूल बिक्री गर्न काठमाडौं महानगरले तोक्यो ३२ स्थान


  • 274
    Shares

    तिहारमा फूल बिक्री गर्न काठमाडौं महानगरले तोक्यो ३२ स्थान
    images

    काठमाडौं । काठमाडौं महामगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादन प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका विभिन्न ३२ केन्द्रबाट बिक्री वितरणको व्यवस्था गरेको छ ।

    तिहारमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न महानगरभित्रका ३२ स्थानमा बिक्रीवितरणको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

    नेपाली फूल सयपत्री, मखमली र गोदावरीलाई सहज र सुलभ मूल्यमा उपभोक्तासमक्ष पुर्‍याउन नयाँ बानेश्वर, तीनकुने चावहिल, कालिमाटी, पुतलिसडक, सुन्धारा लगायतका ३२ स्थानलाई बिक्रीस्थल तोकिएको उनले बताए । 
    स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नका लागि महानगरले आवश्यक सहजीकरण गर्ने समेत उनले जानकारी दिए । उनले तिहारमा स्वदेशी फूलको सहज रुपमा बिक्री  वितरणको व्यवस्था गर्न महानगर प्रमुखले निर्देशन दिएको उल्लेख गरे।

    नेपाली फूलको प्रयोग र घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्लास्टिकजन्य कागजका फूलका साथै आयातित फूललाई पूर्ण रूपमा निषेध गरिएको र महानगरले त्यसको अनुगमन समेत गर्ने पाण्डले बताए।

    कार्तिक १ देखि ६ गतेसम्म सहज रुपमा स्वदेशी फूलको बिक्री बितरणको व्यवस्था गरिएको महानगरले जनाएको छ । तिहारमा सहरी क्षेत्रमा झण्डै ४० लाख थान माला बिक्री हुने गरेको छ भने तिहारमा मात्रै करिब ३५ करोड भन्दा बढिको फूलको कारोबार हुने अनुमान छ ।

    प्रकाशित मिति :आश्विन २५ २०८२ शनिवार - १७:१८:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij