Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

वार्ताको क्रममा एक्कासी टाउको दुख्ने र वान्ता हुने भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना

वार्ताको क्रममा एक्कासी टाउको दुख्ने र वान्ता हुने भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना


  • 547
    Shares

    वार्ताको क्रममा एक्कासी टाउको दुख्ने र वान्ता हुने भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना
    images

    काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

    शनिबार शीतल निवासमा जेनजी प्रतिनिधिसँगको वार्ताका क्रममा एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । यससँगै राष्ट्रपति पौडेलले जेनजी प्रतिनिधिसँग सोमबारमात्रै वार्ता गर्ने राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बताए ।

    शनिबार जेनजीका प्रतिनिधिसँग छलफल गर्ने भनेपछि राष्ट्रपति कार्यालय अगाडि असन्तुष्टि जनाउँदै केही जेनजीहरूले नाराबाजी समेत गरेका थिए ।

    राष्ट्रपति पौडेलले शुक्रबार प्रधानमन्त्रीसहित दलहरूका प्रतिनिधिसँग फागुन २१ को चुनावबारे छलफल गर्दै दलहरुलाई तयारी गर्न सुझाएका थिए ।

    प्रकाशित मिति :आश्विन २५ २०८२ शनिवार - १३:५३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij