Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

निर्वाचनका लागि सुझाव सङ्कलन कार्यदल गठन गर्ने रास्वपाको निर्णय

निर्वाचनका लागि सुझाव सङ्कलन कार्यदल गठन गर्ने रास्वपाको निर्णय


  • 484
    Shares

    निर्वाचनका लागि सुझाव सङ्कलन कार्यदल गठन  गर्ने रास्वपाको निर्णय
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

    शुक्रबार बसेको सो पार्टी सचिवालयको बैठकले आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव सङ्कलन कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

    उक्त कार्यदललाई सुझाव सङ्कलनका लागि सात दिनको समयावधि तोकी कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    बैठकले वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक,राजनीतिक शक्ति र समूहसँग वार्ता गर्न पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै बृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च संवाद समितिको संयोजन पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेलाई गर्न दिने निर्णय गरेको छ ।

    rsp1_IVHB0PiS12.jpg

     

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १७:१८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij