२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक जारी भएको छ। शीतलनिवासमा बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग नेताहरू सहभागी छन्।
नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी रहेका छन् । नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन शितलनिवासको बैठका सहभागी भएका छन् ।
राष्ट्रपति पौडेलले शीतल निवासमा बोलाएको छलफलमा नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी भएका छन् ।
राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न विघटित प्रतिनिधिसभा र सरकारका प्रतिनिधिलाई आज शुक्रबार बोलाएका थिए ।
जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचनको मिति तोके पनि सरकार र राजनीतिक दलका प्रतिनिधिबिच छलफल हुन सकेको थिएन ।
निर्वाचन मिति तोकिएपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया सुरु गरिसके पनि दलहरूबिच निर्वाचनबारे एकरूपता हुन सकेको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij