Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गण्डकीमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

गण्डकीमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु


  • 7.3K
    Shares

    गण्डकीमा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मध्यविन्दु अस्पताल, नवलपरासी पूर्व र धौलागिरी अस्पतालमा गरिएको परिक्षणमा थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि सोमबार स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

    विज्ञप्ति अनुसार मध्यविन्दु अस्पताल, नवलपरासी पूर्वमा गरिएको परिक्षणमा नवलपरासी पूर्वका ८६ जना कोरोना संक्रमित रहेका छन् । 

    यस्तै धौलागिरी अस्पतालमा गरिएको परिक्षणमा बाग्लुङका ३४ जना र पर्वतका ३५ जना गरी ६९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय ८४ जना पुगेको छ ।

    यस्तै गण्डकीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा म्याग्दी अन्नपूर्ण गाँउपालिकाका ७२ बर्षीय पुरुष र पर्वत कुश्मा ४ का ६७ बर्षीय पुरुष रहेका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय ६५ पुगेको छ । 

    प्रकाशित मिति :बैशाख २७ २०७८ सोमवार - १४:०५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij