२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । ओमनमा जारी आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले जापानविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा जापानविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
दुवै टोली एक खेलअगावै सुपर-६ मा स्थान पक्का गरिसकेका छन् । यो खेलमा जित निकाल्ने टोलीले सुपर-२ मा २ अंक लिएर जानेछ । उक्त खेलमा नेपालले कुवेतसँगको प्लेइङ-११ मा कुनै परिवर्तन गरेको छैन ।
प्लेइङ-११ रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, ललित राजवंशी र सोमपाल कामी ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij