२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । हुम्लाको चंखेलीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ यात्रु घाइते भएका छन् ।
चंखेली गाउँपालिका-४ स्थित देशीखोलामा भएको उक्त दुर्घटनामा चंखेली गाउँपालिका-६ की वसन्ती बुढा, उनकी छोरी र अर्का यात्रु मानवीर बुढा छन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर पोखरेलका अनुसार बिहान ११ बजे पिप्लाङ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च १०९१ नम्बरको डबल क्याप जीप सडकबाट ३ सय मिटर तल खसेको थियो ।
नजिकैको स्वास्थ्य चौकीमा उपचार गराइरहेकामध्ये गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भइरहेको प्रहरीले बतायो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij