Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता गर्नेको भीड, कहिले सम्म हो नामावली सङ्कलन गर्ने ?

निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता गर्नेको भीड, कहिले सम्म हो नामावली सङ्कलन गर्ने ?


  • 1.2K
    Shares

    निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता  गर्नेको भीड,  कहिले सम्म हो नामावली सङ्कलन गर्ने ?

    काठमाडौं । फागुनमा घोषणा भएको निर्वाचनको लागि मतदाता नामावलीमा दर्ता गर्नको लागि निर्वाचन कार्यालयहरूमा मानिसहरूको भीड लाग्ने गरेको छ । निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने सूचना जारी गरेसँगै  मतदाताको भीड बढेको हो । 

    निर्वाचन आयोगको अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने उल्लेख गरेको छ। फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्न सकिने जनाएको छ।

    निर्वाचन आयोगका अनुसार काठमाडौं उपत्यकाभित्र मीनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय, ललितपुर र सल्लाघारी सिर्जनानगर स्थित जिल्ला निर्वाचन कार्यालय, भक्तपुरमा निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ।

    namaoli.JPG

    images
    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १३:१४:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij