Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

प्रभु केबलकारले बोलायो वार्षिक साधारणसभा, आइपीओ निष्कासन गर्ने मुख्य अजेन्डा

प्रभु केबलकारले बोलायो वार्षिक साधारणसभा, आइपीओ निष्कासन गर्ने मुख्य अजेन्डा


  • 330
    Shares

    प्रभु केबलकारले बोलायो वार्षिक साधारणसभा, आइपीओ निष्कासन गर्ने मुख्य अजेन्डा
    images

    काठमाडौं । प्रभु केबलकार एन्ड टुरिजमले आफ्नो प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो पुस २६ गते सभा आयोजना गर्ने निर्णय गरेको हो।

    काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा सभा सुरु हुने भएको छ। सभाले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ भने शेयर जारीपछि प्राप्त रकम उपभोग गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्ने भएको छ।

    प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८१\८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२\८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

     

     

     

     

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - ११:२३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij