Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

जेनजीहरुले छुट्टै राजनितिक दल खोल्नुपर्छः शहीद तथा घाइते परिवार

जेनजीहरुले छुट्टै राजनितिक दल खोल्नुपर्छः शहीद तथा घाइते परिवार


  • 806
    Shares

    जेनजीहरुले छुट्टै राजनितिक दल खोल्नुपर्छः शहीद तथा घाइते परिवार
    images

    काठमाडौं । जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरुले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरुको छुट्टै राजनिनितक दल खोल्नुपर्ने बताएका छन् ।

    आन्दोलन भएको एक महिना पुगेको दिन बिहीवार असोज २३ काठमाडौंस्थित नवदुर्गा होटलमा आयोजित राष्ट्रिय भेलामा उउनिहरुले छुट्टै राजनितिक दलको आवश्यकता औंल्याएको हो । जेन जेड, वाई, एक्सको सहभागीताका तत्कालै राजनितिक दल गठन हुनुपर्ने उनिहरुको भनाई छ । राजनीतिक दल गठन पश्चात जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उनिहरुले बताएका छन्

    उनिहरुले सरकारले तुरुन्तै शहीदहरुको सपना र घाईतहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन्। भदौ २३ र २४ गतेको घटनाको छानविन गरी दोषिउपर कारबाही गर्न पनि उनिहरुले माग गरेका छन् । जेन जीको समूह फरक-फरक भएको भन्दै एकजुट हुन पनि आग्रहका छन् । 

    जेन जी आन्दोलनका उपलब्धीहरुको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनमा धेरै धनजनको क्षति भएको छ ।

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १६:२८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij