Logo

२०८२ कार्तिक ५ गते बुधवार

२०८२ कार्तिक ५ गते बुधवार

ओलीले भने- सकुन्जेल एमालेको नेतृत्व छोड्दिनँ

ओलीले भने- सकुन्जेल एमालेको नेतृत्व छोड्दिनँ


  • 1.3K
    Shares

    ओलीले भने-  सकुन्जेल एमालेको नेतृत्व छोड्दिनँ
    images

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले सकुन्जेल पार्टी नेतृत्व छाड्न अस्वीकार गरेका छन्। एमाले जिल्ला अध्यक्षहरुका लागि आयोजना गरिएको भर्चुअल बैठकमा ओलीले तत्काल नेतृत्व नछाड्ने बताएका हुन् । 

    एक जिल्ला अध्यक्षका अनुसार ओलीले शारीरिकरूपमा सक्षम रहँदासम्म अडान र नेतृत्व नछाड्ने बताएका छन् । सक्न छाडेपछि नेतृत्व छोडिदिन्छु ।’

    ओलीले गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा व्यापक घुसपैठ भएको बताउँदै आएका छन् भने उनले जेनजी युवामाथि गरिएको दमन र राष्ट्रिय सम्पदामाथि भएको तोडफोड र आगजनीको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।

    जेनजी आन्दोलनपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेर पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरेका थिए। अन्तरिम सरकारले फागुन २१ गते चुनाव गराउने घोषणा गरिसकेको छ। 

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १७:२३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij