Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कलंकी मालपोतमा दुई लाखभन्दा बढी श्रेस्ता जले, घरजग्गाधनीले नयाँ विवरण बुझाउनुपर्ने

कलंकी मालपोतमा दुई लाखभन्दा बढी श्रेस्ता जले, घरजग्गाधनीले नयाँ विवरण बुझाउनुपर्ने


  • 1.2K
    Shares

    • images
    कलंकी मालपोतमा दुई लाखभन्दा बढी श्रेस्ता जले, घरजग्गाधनीले नयाँ विवरण बुझाउनुपर्ने

    काठमाडौं । जेनजीले भदौ २४ गते गरेको प्रदर्शनका क्रममा कलंकीको मालपोत कार्यालयमा पनि तोडफोड तथा आगजनीका घटना भए । आगजनीका क्रममा सबै श्रेस्ता जलेर नष्ट भएपछि नयाँ विवरण मागिएको छ । दुई लाखभन्दा बढी श्रेस्ता जलेपछि कार्यालयले सम्पूर्ण घरजग्गाधनीसँग विवरण मागेको हो । कार्यालयका सबै प्रमाण जलेर नष्ट भएपछि नयाँ विवरण मागिएको कलंकी मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत रवीन ढकालले बताए । 

    श्रेस्ता जलेपछि कार्यालयले भूमि प्रशासन निर्देशिका २०८१ को दफा २१ अनुसार कागज प्रमाणसहित निवेदन दिन भनेको छ । तर, सबैले एकै समयमा विवरण कार्यालयमा दिनुनपर्ने ढकाल बताउँछन् । विवरण बुझाउनलाई कुनै समय अवधि नतोकिएकाले आफ्नो अनुकूलमा घरजग्गाधनीले विवरण बुझाउँदा हुने उनी बताउँछन् । 

    “श्रेस्ता कायम गर्दा एक चरणमा भिड त बढ्छ । तर, जसलाई अहिले जग्गा खरिदबिक्री तथा रोक्का गर्नु छैन, उहाँहरूले विस्तारै गरे पनि हुन्छ,” ढकालले भने । 

    हाल कार्यालयले काम सुचारु गरेको छैन । आकस्मिक सेवा सुचारु केही दिनमा सञ्चालन गर्ने ढकाल बताउँछन् । आकस्मिक सेवा सञ्चालन गर्न सूचना जारी गरेर स्पष्ट पारिने उनले बताए । आकस्मिक सेवा सञ्चालनपछि मात्र नियमित सेवा सञ्चालनमा ल्याउने प्रमुख मालपोत अधिकृत ढकालले बताए । “श्रेस्ता कायम गर्ने प्रक्रिया नियमित हो । आज सूचना निकालेर ३० दिनभित्र कायम गर्नुपर्छ भन्ने हैन,” उनले बाह्रखरीसित भने, “पहिले श्रेस्ता कायम हुन्छ अनि मात्र अरू काम हुन्छ । एकपटक श्रेस्ता कायम भएपछि फेरिफेरि कायम गर्नुपर्दैन ।” 
    जग्गा रोक्का राखिएको भए रोक्का राख्ने निकायको पनि सहमति चाहिने उनी बताउँछन् । नागरिकता नभए सेवा दिन नसकिने ढकाल बताउँछन् । पुर्जा हराएको खण्डमा सार्वजनिक सूचना निकाल्नुपर्ने उनको भनाइ छ । 

    के–के विवरण बुझाउने त ? 
    हाल अभिलेख जलेर नष्ट भएकाले दैनिक सेवा प्रवाह बन्द रहेको कार्यालयले जनकारी दिएको छ । सेवा प्रवाह पुनः सूचारु गर्न नष्ट भएका जग्गाधनी दर्ता श्रेस्ता तयार गर्न जग्गाधनी स्वयम् उपस्थित हुनुपर्नेछ । जग्गाधनीले मालपोतमा बुझाउनुपर्ने विवरण यस्तो छ–

    क. नागरिकता प्रमाणपत्रको प्रतिलिपी

    ख. जग्गा रहेको स्थानीय तहबाट भएको भोगसम्बन्धी र सम्बन्धित जग्गाधनी एकीन गर्न स्थायी ठेगाना भएको स्थानीय तहको तीनपुस्ते फोटो टाँससहितको सिफारिस ।

    ग. जग्गाधनीसँग भएको सक्कल पुर्जा ।

    घ. जग्गा प्राप्तिको स्रोतमा लिखतबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति ।

    ङ. प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा ।

    च. चालु आ.व.को मालपोत बुझाएको रसिद ।

    छ. जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति ।

    ज. आवश्यकताअनुसार स्थलगत सर्जमिन ।

    झ. आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना । 

    ञ. गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र ।

    ट. अन्य प्रमाणहरू ।

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १५:५८:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij