Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

बसले ट्रकलाई ठक्कर दिँदा ८ घाइते, ३ जनाको अवस्था गम्भीर

बसले ट्रकलाई ठक्कर दिँदा ८ घाइते, ३ जनाको अवस्था गम्भीर


  • 1.2K
    Shares

    बसले ट्रकलाई ठक्कर दिँदा ८ घाइते, ३ जनाको अवस्था गम्भीर
    images

    काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका(६ मा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन् ।

    काठमाडौंबाट बाह्रबिसेतर्फ जाँदै गरेको बसले सोही दिशा तर्फ जाँदै गरेको सडक विभागको आइचर ट्रकलाई पाँचखालको दुलालथोकमा ठक्कर दिएको हो । बसले ठक्कर दिँदा ट्रक अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको थियो ।

    प्रहरीका अनुसार दुर्घटनामा परी ट्रकका ६ जना र बसका २ जना यात्रु रहेका छन् भने घाइतेमध्ये ट्रकमा सवार ३ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक प्रशान्त तामाङले जानकारी दिएका छन् ।

    प्रहरी निरीक्षक तामाङका अनुसार ट्रकमा सवारमा  रेशम थापा, लाइतलाल तामाङ र लालबहादुर राई गम्भीर घाइते भएका छन् । त्यस्तै  शेरबहादुर तामाङ, फुर्वा तामाङ र भक्तपुर सूर्यविनायककारामचन्द्र अधिकारी सामान्य घाइते भएका छन् भने बसमा सवारमा युक्तबहादुर खत्री र  गोपिलाल पराजुली सामान्य घाइते भएको उनले बताएका छन् ।

    घाइतेको तत्काल उद्धार गरी पाँचखाल आधारभूत अस्पतालमा सामान्य उपचार पश्चात् धुलिखेल हस्पिटल पठाइएको प्रहरी निरीक्षक तामाङले जानकारी दिएका छन् ।

    बस चालक भने पाँचखाल प्रहरी चौकीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

     

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १५:१२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij