Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

प्रधानमन्त्री कार्कीले राजदूतहरूसँग छलफल गर्ने

प्रधानमन्त्री कार्कीले राजदूतहरूसँग छलफल गर्ने


  • 554
    Shares

    प्रधानमन्त्री कार्कीले राजदूतहरूसँग छलफल गर्ने
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली राजदूतहरूसँग सामूहिक छलफल गर्ने भएकी छिन् । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्कीले ४४ वटा देशमा रहेका राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्ने भएकी हुन् । देशको पछिल्लो अवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा प्रधानमन्त्री कार्कीले राजदूतहरूसँग छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    परराष्ट्र मन्त्रालयको कार्यभार समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले राजदूत तथा नियोग प्रमुखहरूसँग छलफल गरेपछि आवश्यक निर्देशन पनि दिइने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए ।

    जेनजी आन्दोलनपछि विभिन्न देशले भिजिट भिसामा रोक लगाएको छ । नेपालमा  पर्यटकहरूको आगमनमा कमी र वैदेशिक लगानी लगायतका विषयमा प्रधानमन्त्री कार्कीले ब्रिफिङ लिनुको साथै आवश्यक निर्देशन दिने बताइएको छ ।  

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १२:०२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij