२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।
पाँच खेलको सिरिजअन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो।
योसँगै नेपालले ३.२ ले सिरिज जितेको हो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गर्यो।
यसअघि नेपाल दोस्रो र चौथो खेलमा ६ विकेटले विजयी भएको थियो। पहिलो खेलमा भने नेपाल ३ रन र तेस्रो खेलमा १३ रनले मलेसियासँग हारेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij