Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

घटे पर्यटक, सेप्टेम्बरमा ७८ हजार पर्यटक नेपाल आए

घटे पर्यटक, सेप्टेम्बरमा ७८ हजार पर्यटक नेपाल आए


  • 498
    Shares

    घटे पर्यटक, सेप्टेम्बरमा ७८ हजार पर्यटक नेपाल आए
    images

    काठमाडौं । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल भ्रमणमा आएका हुन्। 

    आँकडाअनुसार पर्यटकीय सिजनमै पर्यटक आगमन खुम्चिएको छ। यो सङ्ख्या अघिल्लो सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो। अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक नेपाल भ्रमणमा आएका थिए। गत अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका थिए।

    बोर्डको तथ्याङ्कअनुसार भारतबाट १५ हजार ५५६ पर्यटक भित्रिएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५ र बङ्गलादेशबाट दुई हजार २३० पर्यटक भित्रिएका छन्। रासस

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - ११:१७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij