Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीविरुद्ध जथाभाबी लेख्ने एक व्यक्ति पक्राउ

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीविरुद्ध जथाभाबी लेख्ने एक व्यक्ति पक्राउ


  • 1.1K
    Shares

    सामाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीविरुद्ध जथाभाबी लेख्ने एक व्यक्ति पक्राउ

    काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत स्याङ्जावासी र स्याङ्जा प्रहरीविरुद्ध अनर्गल, झुटो र कपोलकल्पित सामग्रीहरू पोस्ट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुष्पक नामको फेसबुक पेज सञ्चालन गरी फोटोसहित आपत्तिजनक विवरण पोस्ट गर्ने पुष्पक थापालाई पक्राउ गरिएको हो। 

    प्रकाउ पर्नेमा ३३ वर्षीय थापा कास्कीको पोखरा महानगरपालिका वडा नं. ९ को बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरी निरीक्षक कमल नेपालीले थापालाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताएका छन्।

     

    images
    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १०:५१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij