Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

बंगलादेशमा २०२५ मा डेंगु ज्वरोबाट मृत्यु हुनेको संख्या २१५ पुग्यो

बंगलादेशमा २०२५ मा डेंगु ज्वरोबाट मृत्यु हुनेको संख्या २१५ पुग्यो


  • 1.5K
    Shares

    बंगलादेशमा २०२५ मा डेंगु ज्वरोबाट मृत्यु हुनेको संख्या २१५ पुग्यो

    काठमाडौं । गत सोमवार मात्रै बंगलादेशमा डेंगु ज्वरोले तीन जनाको मृत्यु भएको छ । जसबाट कुल मृत्यु २ सय १५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । 

    तथ्याङ्कअनुसार सोमवार मात्रै ७ सय ८२ बिरामी अस्पताल भर्ना भएका छन् । जसले गर्दा यस वर्ष हालसम्म लामखुट्टेबाट सर्ने रोगका कुल केसहरूको संख्या ५० हजार ६ सय ८९ पुगेको छ । डेंगुको थप फैलावटलाई रोक्नको लागि, बंगलादेशी स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन जाँच गर्न र लार्भा विरोधी अपरेशनहरू सञ्चालन गर्न उपायहरू बलियो बनाएका छ ।

    बंगलादेशले २०२३ मा १ हजार ७ सय ५ डेंगु-सम्बन्धित मृत्यु दर्ता गरेको छ । जुन उच्चतम वार्षिक मृत्यु संख्या हो । बंगलादेशमा सामान्यतया मनसुन–मौसमको रोग डेंगु ज्वरो हो । अब जुन-सेप्टेम्बर अवधि भन्दा बाहिर फैलिरहेको छ । 

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १०:३५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij