Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

उत्तरी गोरखामा असोजमै हिमपात

उत्तरी गोरखामा असोजमै हिमपात


  • 365
    Shares

    उत्तरी गोरखामा असोजमै हिमपात
    images

    काठमाडौं । पुस, माघ लागेपछि मात्रै हिउँ पर्ने उत्तरी गोरखामा यो वर्ष असोजमै हिमपात भएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका-१ साम्दोमा सोमबार हिमपात भएको हो ।

    असोजमै हिमपात भएपछि जनजीवन सामान्य प्रभावित बनेको साम्दोका स्थानीय निमा ग्याल्जेन लामाले बताए । “जाडो मौसममा पर्ने हिउँभन्दा अहिले परेको हिउँ धेरै गहुङ्गो हुन्छ । यस्तो हिउँले आलुलगायत बालीमा असर पुर्‍याउँछ”, उनले भने, “हाल बाक्लो हिमपात नभएकाले खेतीबालीमा असर देखिएको छैन ।”

    लामाका अनुसार आज दिउँसोबाट अलिअलि घाम लाग्न थालेकाले हिउँ बिस्तारै पग्लिँदै गएको छ । अब मौसम सफा हुने बित्तिकै खेतीबाली भित्र्याउने तयारीमा आमकिसान छन् ।  

    साम्दो समुद्री सतहबाट तीन हजार ८९० मिटर उचाइमा अवस्थित छ । यहाँ आलु र फापर मात्र उत्पादन हुन्छ । साम्दोवासीको मुख्य व्यवसाय पर्यटन हो । हिउँ परेपछि पर्यटक भने उत्साहित भएका छन् । 

    मनास्लु आरोहणको सिजन सुरु भएसँगै गाउँमा पर्यटकको चहलपहलसमेत बढेको स्थानीयले बताएका छन् । 

     

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - १०:३२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij