Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

पश्चिम भारतको अस्पतालमा आगलागी हुँदा ६ बिरामीको मृत्यु

पश्चिम भारतको अस्पतालमा आगलागी हुँदा ६ बिरामीको मृत्यु


  • 785
    Shares

    पश्चिम भारतको अस्पतालमा आगलागी हुँदा ६ बिरामीको मृत्यु
    images

    काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानको सरकारी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) भित्र ठूलो आगलागी हुँदा ६ बिरामीको मृत्यु भएको स्थानीय प्रहरीले सोमवार पुष्टि गरेको छ । 

    राजस्थानको राजधानी जयपुरमा रहेको सवाई मान सिंह अस्पतालमा आईतवार र सोमवार राति आगलागी भएको थियो । आगलागी सर्ट सर्किटका कारण भएको प्रहरीले जनाएको छ । अस्पतालको दोस्रो तल्लामा आईसीयू रहेको थियो । 

    प्रहरीकाअनुसार आगो छिटो फैलियो र विषाक्त ग्यास निस्कियो । जसले गर्दा बिरामीहरूको मृत्यु भयो । आगलागी हुँदा आईसीयू भित्र जम्मा ११ बिरामी थिए । पाँच बिरामीलाई आगोबाट बचाउन सकिएको तर अवस्था गम्भीर रहेको बताइएको छ ।

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १६:२९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij