२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । असोज १८ र १९ गतेको अविरल वर्षाको कारण आएको बाढीपहिरोले उत्पन्न हुन सक्ने सम्भावित महामारी तथा स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले १४ बुँदे निर्देशन जारी गरेको छ ।
मन्त्रालयले प्रदेशका सबै स्वास्थ्य कार्यालय, अस्पताल, स्वास्थ्य केन्द्र र स्थानीय तहहरूलाई परिपत्र गर्दै प्राकृतिक प्रकोप प्रतिकार्य, जोखिम न्यूनीकरण र महामारी व्यवस्थापनको तयारीमा जुट्न निर्देशन दिएको हो ।
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठुलो जनधनको क्षति भएको छ । बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुँदा उद्धार र उपचारमा कठिनाइ भइरहेको तथा महामारी फैलिन सक्ने जोखिम बढेको भन्दै मन्त्रालयले पूर्वतयारीका लागि उक्त निर्देशन दिएको हो ।
प्रदेश मन्त्रालयले आकस्मिक स्वास्थ्य सेवा, विशेष गरी गर्भवती तथा सुत्केरी महिलालाई प्राथमिकतामा राख्न आग्रह गर्दै जिल्ला र स्थानीय तहमा रहेका वाससँग सम्बन्धित संघरसंस्थाहरूसँग समन्वय गरी सुरक्षित पिउने पानीबारे जनचेतना फैलाउने, गरिएका सबै कार्य र प्रगतिबारे समयमै प्रतिवेदन पेस गर्ने लगायतका विषय उल्लेख छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij