२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जना देशका विभिन्न अस्पतालहरू उपचाररत रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरका १२ अस्पतालमा ३० जना घाइतेहरू उपचाररत रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार २ हजार ३९६ घाइतेमध्ये २ हजार २३७ जना घर फर्किसकेका छन् भने आन्दोलनमा क्रममा ४९ जनाको अस्पतालमा मृत्यु भएको थियो ।
अझै अस्पतालमा रहेका घाइतेहरु सिभिल सर्भिस अस्पताल- १, राष्ट्रिय ट्रमा सेन्टर-११, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल-३, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ५, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान -१, नेपाल प्रहरी अस्पताल-१,
कीर्तिपुर अस्पताल- १, बी एन्ड बी अस्पताल सातदोबाटो-३, ह्याम्स अस्पताल-१, विराटनगर मेडिकल कलेज शिक्षण अस्पताल- १,नोबेल मेडिकल कलेज शिक्षण अस्पताल-१ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान-१ जना रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij