Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

असोज २४ गतेभित्र विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न विश्वप्रकाशको आग्रह

असोज २४ गतेभित्र विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न विश्वप्रकाशको आग्रह


  • 1.2K
    Shares

    • images
    असोज २४ गतेभित्र विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्न विश्वप्रकाशको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि यही असोज २४ गतेसम्म प्रतिनिधिहरूलाई हस्ताक्षर गर्न सुझाएका छन्। तर कसैलाई दबाब नदिएको उनले बताएका छन् ।

    शर्माले २६ असोजको केन्द्रीय समिति बैठकअघि नै हस्ताक्षर बुझाउने योजनालाई समर्थन गर्दै २४ असोजभित्र हस्ताक्षर गर्न ढिलाइ नगर्न आग्रह गरेका छन्। पार्टी विधानको दफा १७ ९२० अनुसार केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन सक्ने र यो विषयमा बैठकमा छलफल हुने उनले उल्लेख गरेका छन्। 

    यदि केन्द्रीय समितिले विशेष महाधिवेशन नबोलाए ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले माग गर्न सकिने र यो विधानसम्मत हुने उनको भनाइ रहेको छ  भने विशेष महाधिवेशन गर्दा पार्टी थप बलियो हुने महामन्त्री शर्माको विश्वास छ ।

     

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - १४:०१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij