Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सर्वोच्चसहित देशभरका अदालत आजदेखि खुला, काठमाडौं अदालतले यी ११ सेवा दिने

सर्वोच्चसहित देशभरका अदालत आजदेखि खुला, काठमाडौं अदालतले यी ११ सेवा दिने


  • 568
    Shares

    सर्वोच्चसहित देशभरका अदालत आजदेखि खुला,  काठमाडौं अदालतले यी ११ सेवा दिने
    images

    काठमाडौं । सर्वोच्चसहित देशभरका अदालतहरू दसैँ बिदापछि खुलेका छन् । घटस्थापनाको दिनदेखि बन्द भएका अदालतहरू आजदेखि खुलेका हुन् ।

    जेनजी आन्दोलन र त्यसपछिको प्रदर्शनमा भएको तोडफोड तथा आगजनीका कारण सर्वोच्च, विशेष र जिल्लासहित देशभरका अदालतहरूमा क्षति पुगेको छ । सर्वोच्चले यसअघि बन्दीप्रत्यक्षीकरण सुनुवाइ सुरु गरिसकेको छ ।

    अब विवाह दर्ता, अधिकृत वारेसनामा, मृत्युको न्यायिक घोषणा, संरक्षक नियुक्ति र विशेष प्रकृतिका निवेदनहरूको दर्ता तथा कारबाहीसम्बन्धी ५ वटा सेवा थप गरिएको अदालतले जारी गरेको सूचनामा उल्लेख छ ।

    अदालतले घटस्थापना अघिसम्म अपराध अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राख्ने म्याद थप, कल डिटेल अनुमति, जरुरी पक्राउ पुर्जी स्वीकृति, पक्राउ पुर्जी अनुमति, बन्दीप्रत्यक्षीकरणको निवेदन, अभियोग पत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरूको बयान र थुनछेक गरी ६ प्रकारका काम गर्न थालेको थियो।

    court-notice_41EYTLNoTQ.jpg

    प्रकाशित मिति :आश्विन २१ २०८२ मंगलवार - ११:४४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij