२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । गत शुक्रबार र शनिबार आएको भारी वर्षापछिको देशभर मृत्यु हुनेको संख्या ६० पुगेको छ । २० पुरुष, २६ महिला र १५ नाबालकसहित ६० जनाको मृत्यु पुष्टि भएको प्रहरीले जानकारी दिएको छ ।
जसमध्ये सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ । इलाममा पहिरो र बाढीमा परेर मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
पाँचथरमा ८, उदयपुरमा ३, खोटाङमा २, सुनसरीमा १, रौतहटमा ३, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १/१ र काभ्रेमा २ जनाको मृत्यु भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij