Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक

फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक


  • 561
    Shares

    फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
    images

    काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। आयोगले सोमबार जारी गरेको कार्यतालिकाअनुसार निर्वाचन तयारीका सबै प्रक्रिया निर्धारित समयमा सञ्चालन हुनेछन्।

    कार्यतालिकाअनुसार मङ्सिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुने भएको छ भने पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईको भनाइ रहेको छ । 

    नयाँ दल दर्तादेखि निर्वाचन, प्रचारप्रसार लगायतका निर्वाचन कार्यतालिका सार्वजनिक गरेको आयोगले फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ ।   फागुन १८ गतेदेखि प्रचारप्रसार निषेध अवधि लागू हुने भएको छ।

    निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने भएको छ   भने मतपेटिका सङ्कलनपछि मतगणना सुरु गरिनेछ। 

    समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेस हुने कार्यक्रम छ।

    प्रकाशित मिति :आश्विन २० २०८२ सोमवार - १८:४९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij