२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । बाढी र पहिरोले इलाम जिल्लामा अवरुद्ध भएको विद्युत् सेवा ३६ घण्टापछि सुचारु भएको छ । नेपाल विद्युत् प्राधिकरण, इलाम वितरण केन्द्रका प्रमुख बिजुली प्रसाद यादवले निरन्तरको प्रयासपछि ३६ घण्टामै इलाम बजारमा बिजुली बाल्न सफल भएको बताएका छन् ।
क्षतिग्रस्त लाइन मर्मत गरी ३६ घण्टामा बजार क्षेत्रमा सोमबार दिउँसो २ बजेदेखि विद्युत् आपूर्ति नियमित भएको उनको भनाइ छ । वितरण केन्द्रले दोलाबारीस्थित पुरानो सर्किटमार्फत वैकल्पिक व्यवस्था मिलाएको उनले बताएका छन् ।
वितरण केन्द्र प्रमुख यादवका अनुसार काबेली करिडोर प्रसारण लाइन पनि सञ्चालनमा आएको छ । इलाम जिल्लामा बिहीबार राति ११ बजेदेखि विद्युत् अवरुद्ध भएको थियो ।
बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित इलाम जिल्लाका जलविद्युत आयोजनाहरू रहेका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत आयोजनाहरूको उत्पादन बन्द भएको छ ।
जसमा ४.५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको माईखोला (सानिमा माई), ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ गावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा २ र ३ मेगावाटको अपर पुवा १ जलविद्युत आयोजना इलाम जिल्लाका रहेक. छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij