Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

चुनावमा जाने निर्णय गरेका छौँ, अरु पार्टीहरुसँग पनि छलफल गछौँ : प्रचण्ड

चुनावमा जाने निर्णय गरेका छौँ, अरु पार्टीहरुसँग पनि छलफल गछौँ : प्रचण्ड


  • 1.1K
    Shares

    चुनावमा जाने निर्णय गरेका छौँ, अरु पार्टीहरुसँग पनि छलफल गछौँ : प्रचण्ड
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन २१ गते हुने चुनावमा भाग लिने निर्णय गरेको छ । सोमबार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सो पार्टीको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने, ‘हामीले चुनावमा जाने निर्णय गरेका छौँ । यो विषयमा अरु पार्टीहरुसँग पनि छलफल गछौँ ।’ 

    संयोजक प्रचण्डले सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने पक्षमा माओवादी रहेको पनि बताएका छन् । 

     उनले भने, ‘हामी कसरी अघि बढ्ने भन्ने कुरामा केन्द्रीय समितिबाट निर्णय गरिसकेका छौँ । हामी घोषित मितिमा चुनाव हुनुपर्छ र सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने छ’,, ‘र, हाम्रो पार्टी सक्रियतासाथ निर्वाचनमा भाग लिन्छ । अहिले अन्य राजनीतिक दलहरूसँग पनि छलफल भइरहेको छ । केही समयपछि त्यसको परिणाम पनि देखिन्छ ।’

     

    प्रकाशित मिति :आश्विन २० २०८२ सोमवार - १६:०१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij