Logo

२०८२ माघ १० गते शनिवार

२०८२ माघ १० गते शनिवार

माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै, यस्ता छन् छलफलका विषयहरु

माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै, यस्ता छन् छलफलका विषयहरु


  • 1.2K
    Shares

    माओवादी केन्द्रको  सचिवालय बैठक आज बस्दै, यस्ता छन् छलफलका विषयहरु

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिएका छन् ।

    महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ रहेको छ । असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

    यसैगरी बैठकले प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो । सोही बैठकले पूर्वपदाधिकारीलाई  सचिवालयमा रूपान्तरण गरेको थियो । 

     

    प्रकाशित मिति :आश्विन २० २०८२ सोमवार - ०७:१२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij