Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नागढुङ्गामा ५ बजेभित्र पुग्ने गाडीलाई मात्र प्रस्थानका लागि अनुमति दिइने

नागढुङ्गामा ५ बजेभित्र पुग्ने गाडीलाई मात्र प्रस्थानका लागि अनुमति दिइने


  • 1.3K
    Shares

    नागढुङ्गामा ५ बजेभित्र पुग्ने गाडीलाई मात्र प्रस्थानका लागि अनुमति  दिइने
    images

    काठमाडौं । बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५:०० बजेभित्रमा पुगेकालाई मात्रै नागढुङ्गाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ ।

    बाढीपहिरोलगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौंबाट नागढुङ्गामा ५:०० बजे पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै गन्तव्यतर्फ पठाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन ।

    यसैगरी, रातिका बेलामा जोखिम बढ्ने भएकाले चालकहरुले पनि जोखिम मोलेर सवारीसाधन नचलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रहसमेत गरेको छ ।

    आज बिहानदेखि कम्तीमा पनि २०० को हाराहारीमा नागढुङ्गाबाट लामो तथा छोटो दूरीका सवारीसाधन बाहिरिएका ट्राफिक प्रहरीले जानकारी दिएको छ । 

     

     

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - १८:३७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij