Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

भैरहवा उडानको समय परिवर्तन, भोलि एक बजे मात्रै हुने

भैरहवा उडानको समय परिवर्तन, भोलि एक बजे मात्रै हुने


  • 1.1K
    Shares

    भैरहवा उडानको समय परिवर्तन, भोलि एक बजे मात्रै हुने
    images

    काठमाडौं । नेपाल वायुसेवा निगमको भैरहवा उडान सोमबार दिउँसो एक बजेमात्रै हुने भएको छ । दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको छ ।

    दुईवटा जहाज ग्राउन्डेड भएको निगमले भैरहवामा सोमवार एक बजे मात्रै उडान गर्न सकिने जानकारी गराएको छ ।‘काठमाडौं–भैरहवा–काठमाडौं उडान निगमको न्यारोबडी जहाजले गर्ने छ, काठमाडौंबाट १ बजे जहाज उड्नेछ,’ निगमका प्रवक्ता सुवास डाँगीले जानकारी दिएका छन् ।

    आजै उडान गर्नेगरी जिल्ला प्रशासन कार्यालयमा एप्रुभल लेटर समेत पुगिसकेको थियो । तर, निगमले समय तालिका परिवर्तन गर्दै भोलि मात्रै उडान गर्ने भएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अलपत्र यात्रुहरूको गुनासो आएपछि प्रधानमन्त्री सुशीला कार्कीले मुख्यसचिवलाई तत्काल उद्धार गर्न निर्देशन दिएकी थिइन् ।

    सोही अनुसार, मुख्यसचिवले जिल्ला प्रशासनमार्फत काम अघि बढाएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

     

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - १८:२२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij