२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । अरनिको राजमार्ग तथा दोलखाको चरिकोटबाट काठमाडौं जोड्ने सडकमा यातायात चल्न थालेको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दू अधिकारीका अनुसार काभ्रे तथा सिन्धुपाल्चोकमा गएका ससना पहिरो पन्छाएर यातायात सुचारु गरिएको छ ।
अहिले सिन्धुपाल्चोक दोलखा, काभे्रलगायत जिल्लाबाट यो राजमार्ग भएर भित्रने र बाहिरिने गाडीहरु आवतजावत गरिरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij