Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

इलाममा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु, १० जना बेपत्ता, खोजी कार्य जारी

इलाममा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु, १० जना बेपत्ता, खोजी कार्य जारी


  • 547
    Shares

    इलाममा पहिरोले पुरिएर एकै परिवारका दुई जनाको मृत्यु, १० जना बेपत्ता, खोजी कार्य जारी
    images

    काठमाडौं । इलाममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । १० जना बेपत्ता भएको स्थानीयले बताएका छन् । 

    इलाम प्रहरीका अनुसार मानेभन्ज्याङ, देउमाई, इलाम नगरपालिका लगायतका स्थानमा घर पुरिएको प्रारम्भिक विवरण आएको छ । तर कठिन भूगोलका कारण प्रहरी पुग्न र तथ्यांक संकलन गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

    इलामको घोसमा पहिरोले पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । डम्बरबहादुर पाख्रिनको घर पहिरोले पुर्दा २ बालबालिकाको मृत्यु भएको हो । खोज तथा उद्धारको काम जारी छ ।

    २ जना घाइतेलाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेको स्थानीय युवा रेवज तामाङले जानकारी दिएका छन् । यसैगरी माईजोगमाई गाउँपालिका–६ मा बर्मालाल सोग्मीको परिवारका पाँच जना पहिरोमा बेपत्ता छन् ।

    त्यस्तै, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा कुमार सेढाईको परिवारका दुई सदस्य बेपत्ता छन् । माङ्सेबुङमा पनि पहिरोमा ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

     

     

    प्रकाशित मिति :आश्विन १९ २०८२ आइतवार - ०८:२५:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij