Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

राइड सेयरिङमाथि प्रशासनको निगरानी : चर्को भाडा असुल गरेकोमा कडा कारबाहीको चेतावनी

राइड सेयरिङमाथि प्रशासनको निगरानी : चर्को भाडा असुल गरेकोमा कडा कारबाहीको चेतावनी


  • 1.7K
    Shares

    राइड सेयरिङमाथि प्रशासनको निगरानी : चर्को भाडा असुल गरेकोमा कडा कारबाहीको चेतावनी

    काठमाडौं । हालको मनसुनजन्य विपद्को अवस्थामा काठमाडौं उपत्यकाभित्र इन्ड्राइभ, पठाओ, याङ्गो लगायतका राइड सेयरिङ सेवाप्रदायकहरूले यात्रुहरूसँग अत्यधिक भाडा असुल गरेको गुनासो प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक  सूचना जारी गरेको छ।

    कार्यालयले शनिबार जारी गरेको सूचनामा यस्तो परिस्थितिमा अत्यावश्यक सेवाको नाममा ठगी गर्ने कार्य अस्वीकार्य हुने स्पष्ट गरेको छ।

    कोही कसैले यसरी ठगी गरेको पाइएमा आवश्यक प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा पेश गर्न सम्बन्धित सबैलाई अनुरोध गरिएको छ। यसरी ठगी गर्ने व्यक्तिहरूलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिनेछ, प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।

    554126911_1571945160850281_9112680806192015250_n_3vRaEfJbRl.jpg

    images
    प्रकाशित मिति :आश्विन १८ २०८२ शनिवार - १८:४२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij