Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा खाटिएर मृत्यु

राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा खाटिएर मृत्यु


  • 2.1K
    Shares

    राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा खाटिएर मृत्यु
    images

    सुरुङ्गा । ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार साँझ परियारले आफ्नै घरमा राँगा काट्ने तयारी गरेका थिए । तर, अचानक आफ्नै बायाँ खुट्टा ग्रेण्डरमा परेपछि उहाँ घाइते भएका थिए ।

    घाइते परियारलाई उपचारका लागि तत्काल विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज ल्याइए पनि उनको अत्यधिक रक्तश्रावका कारण गएराति मृत्यु भएको प्रहरी नायब निरीक्षक चन्द्रकुमारी चेम्जोङले जानकारी दिइन ।

    प्रकाशित मिति :आश्विन १४ २०८२ मंगलवार - १३:१३:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij