Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

नवघोषित कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्ने

नवघोषित कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्ने


  • 2.0K
    Shares

    नवघोषित कुमारी आर्यतारा शाक्यले आज आसन ग्रहण गर्ने
    images

    नवघोषित कुमारी आर्यतारा शाक्यले मङ्गलबार आसन ग्रहण गर्ने भएकी छन्।

    स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया कुमारीलाई मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारीघरमा आसन ग्रहण गराउने तयारी पूरा गरिएको हो । विशेष बाजागाजासहित आसन गराएपछि तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराइने कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए । 

    उनका अनुसार जीवित देवीका रूपमा पूजाआजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीकसमेत मानिएको छ । तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ । 

    कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो । 

    कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको कुमारीघर व्यवस्थापन समितिका संयोजक शाक्यले बताए । कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ । 

    प्रकाशित मिति :आश्विन १४ २०८२ मंगलवार - ०६:३६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij