Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द

सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द


  • 1.6K
    Shares

    सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्र र सवारी दर्ता सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

    विभागले शुक्रबार सार्वजनिक गरेको सूचनामा भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवनस्थित डाटा सेन्टरमा आगजनी भएकाले प्रणाली सञ्चालनमा समस्या आएको उल्लेख छ। 

    यस कारण सर्वर मर्मत सम्भारको काम भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सेवाहरू उपलब्ध नहुने विभागले जानकारी दिएको छ । 

    यातायात व्यवस्था विभागका अनुसार प्रणाली मर्मत कार्य सम्पन्न भएपछि मात्र चालक अनुमति पत्र र सवारी दर्तासम्बन्धी अनलाइन सेवा सुचारु गरिने भएको छ।

    552114745_2345280665908717_4028123923821671157_n_5H0XXHEnDc.png

    images
    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १४:२६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij