Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न ४३ जना पक्राउ

जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न ४३ जना पक्राउ


  • 1.1K
    Shares

    जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न ४३ जना पक्राउ
    images

    काठमाडौं । जेनजी प्रदर्शनमा उच्छृङ्खल गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । भदौ २४ मा काठमाडौं जिल्लाको प्रहरी युनिट र सवारी साधनमा आगजनी गरेको आरोपमा अहिलेसम्म ४३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    आरोपीहरुविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंकी डीएसपी पूर्णिमा चन्दले बताइन् ।

    कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा सचिन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा १९ वर्षीय अंशुकुमार गुप्ता, २८ वर्षीय देवराज राय ‘रवि’, १८ वर्षीय शैरव यादव, १८ वर्षीय मुकेश शाह ‘अजय’, १९ वर्षीय अजयकुमार शाह र २४ वर्षीय लक्किबावु जैसवाल रहेका छन् । प्रहरी वृत्त महाराजगन्जमा आगजनी गर्ने सिन्धुलीको देवराज लामा पक्राउ परेका छन् । 

     

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १३:४८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij