२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । अर्थमन्त्रालयले पुँजी बजारमा आम लगानीकर्ताको मनोबल बृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधार सम्बन्धी तयार पारिएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित चार सदस्यीय कार्यदलले पुँजी बजारमा देखिएका समस्या र सुधारका उपाय सहितको प्रतिवेदन तयार पारेको हो ।
कार्यदलले तयार पारेको प्रतिवदन बिहीबार बिहान अर्थमन्त्री रामेश्वर खनाललाई बुझाइएको छ । शेयर कर्जामा २५ करोडको सीमा हटाउन सिफारिस गरिएको छ । अर्थ मन्त्रालयले गठन गरेको पुँजीबजार सुधारसम्बन्धी कार्यदलले यस्तो सिफारिस गरेको हो ।
अर्थमन्त्री रामेश्वर खनालले आफू नियुक्त भएसँगै शेयर बजारमा नकारात्मक सर्किट लागेपछि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र अर्थ मन्त्रालयका प्रतिनिधि राखेर समिति गठन गरेको थियो ।
यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर कर्जामा ४ करोड र १२ करोडको सीमा लगाएका थिए ।
यसलाई विस्तार गर्दै अहिले २५ करोडको सीमा निर्धारण भएको छ । एउटा व्यक्तिले शेयर बजारमा लगानी गर्न २५ करोडभन्दा धेरै ऋण लिन नपाउने अहिलेसम्म व्यवस्था रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij